Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

युक्रेनको मारिओपल सहरका १ लाख मानिस बिचल्लीमा

युक्रेनको मारिओपल सहरका १ लाख मानिस बिचल्लीमा

  • 452
    SHARES
  • युक्रेनको मारिओपल सहरका १ लाख मानिस बिचल्लीमा

    एजेन्सी, किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी बम हमला र गोलाबारीबीच दक्षिणी बन्दरगाह शहरमा करिब १ लाख युक्रेनी बिचल्लीमा परेको बताएका छन् ।

    ‘आजसम्म मारिओपलमा करिब १ लाख मानिस अमानवीय अवस्थामा छन् । उनीहरुलाई खाना, पानी र औषधि छैन् । त्यहाँ निरन्तर गोलाबारी र बम हमला भइरहेको छ ’, राष्ट्रपतिले भने । 

    त्यहाँ मानवीय कोरिडोरमार्फत नागरिकहरूलाई उद्धार गर्ने प्रयासहरू रूसी गोलाबारी र ‘योजनाबद्ध आतंक’का कारण अवरोध भएको उनले बताए । 

    एउटा मानवीय कोरिडोर रुसले नियन्त्रणमा लिएको जानकारी दिँदै जेलेन्स्कीले सरकारी कर्मचारी र उनीहरुका बस चालकलाई रुसी सेनाले बन्धक पारेको आरोप लगाए ।

    जेलेन्स्कीले अगाडि भने, ‘सम्पूर्ण कठिनाइका बाबजुद मारिओपोलका ७ हजार २६ जनाको मंगलबार शहरबाट उद्धार गरिएको छ । 
    यसैबीच, पछिल्लो दुई सातामा युक्रेनले १ लाख टन मानवीय सहयोग प्राप्त गरेको उनले बताए । 

    जेलेन्सकीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई युक्रेनको भ्रमण गर्न आग्रह गरेको समेत जानाकारी दिएका छन् । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij