वेबटिभी खबर
काठमाडौं । गर्मी बढेसँगैे हाम्रोे छालामा विभिन्न किसिमका समस्याहरु देखा पर्दछन् । घाममा हिड्दा वा बस्दा हाम्रो अनुहारको छालामा घामका किरण प्रत्यक्ष पर्छ । जसको कारण हाम्रो छाला कालो हुने, अनुहारमा चायापोतो आउने हुन्छ ।
धेरै मानिसले घामको किरणबाट जोेगिन पछिल्लो समयमा बजारमा पाइने विभिन्न ब्रान्डका सनब्लक क्रिमकोे प्रयोग गर्छन् ।
धेरैलाई सनब्लकबारे आवश्यक जानकारी नहुँदा बजारमा उपलब्ध भएका क्रिमलाई बेवास्ता गरेर किनेकोे देखिन्छ ।
पछिल्लो समय बजारमा भिएलसिसि, पपैया, निभिया, न्युलुक्स आदि ब्रान्डका सनब्लक पाइन्छन् । तर हामीले हाम्रो छालाको स्वरुपलाई मध्यनजर गरि सनब्लक क्रिमको प्रयोग गर्न छालारोग विशेषज्ञ सुझाउँछन् ।
हामीले हाम्रो छाला अनुसारको सनब्लक क्रिमको प्रयोग गर्नुपर्छ । सनब्लक क्रिम तीन प्रकारका हुन्छन् । जेल, क्रिम, लोसनयुक्त हुन्छन् ।
सनब्लक किन्दा ध्यान दिने
हामीले सनब्लक किन्दा सनब्लकमा भएको एसपिएफ हेर्नुपर्छ । सनब्लक एसपिएफ १५, ३०,४० र ५० हुन्छ ।
हामीले कम्तिमा ३० एसपिएफ भएको सनब्लक प्रयोग गर्र्दा राम्रो हुन्छ । ५० भन्दा माथीको एसपिएफ काम लाग्दैन त्यसैले त्यस्तो सनब्लक किन्नु हुँदैन ।
कम्तिमा तीन पिए रेटिङ्ग (सनब्लकमा तीन वटा प्लस चिन्ह) हेरेर किन्दा राम्रो हुन्छ । सनब्लक किन्दा आफ्नोे छालालाई हेरेर लिनु पर्छ ।
प्राय: सुख्खा छाला हुनेले क्रिम भएकोे सनब्लक लिने गर्नुपर्छ । त्यसैगरी चिल्लो छाला भएकाले जेलयुक्त र सामान्य छाला भएकाले लोसनयुक्त सनब्लक प्रयोग गर्नुपर्छ ।
कसरी प्रयोग गर्ने ?
विहान अनुहार सफा गरिसकेपछि भिटामिन सी सेरम लगाउनुपर्छ ।
कम्तिमा ४/५ थोपा लगाउनुपर्छ । त्यसपछि सामान्य रूपमा आफूले प्रयोग गर्दै आइरहेको मोस्चराइजर लगाउने ।
त्यपछि हामीले सनब्लकको प्रयोग गर्न गर्छौं । ३० वर्ष भन्दा माथिकाले रेजिनलको सेरम र ३० भन्दा कम उमेर भएकाले भिटामिन सी नैै लगाउनु पर्छ ।
हामीले बाहिर निस्कनु भन्दा २० देखि २५ मिनेट अगाडि सनब्लक लगाउनु पर्छ । दिनमा दुईपटक प्रयोग गर्नुपर्छ ।
विहान ८ बजे र १२ बजेतिर प्रयोग सकिन्छ । यसरी दिनहुँ यो प्रक्रिया अपनाउँदा घामकको किरणबाट अनुहारको छालालाई केही हदसम्म जोगाउन सकिन्छ ।
छाला तथा यौनरोग विशेषज्ञ डा.कमलराज धिताल, ह्याम्स अस्पताल
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij