Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

निर्वाचनमुखि गठबन्धनले देशलाई निकास दिन सक्दैन : पाैडेल

निर्वाचनमुखि गठबन्धनले देशलाई निकास दिन सक्दैन : पाैडेल

  • 500
    SHARES
  • निर्वाचनमुखि गठबन्धनले देशलाई निकास दिन सक्दैन : पाैडेल

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संविधान स्वीकार गर्ने दलहरूका बीचमा हुने निर्वाचनमुखि गठबन्धनले मात्रै देशलाई निकास दिन नसक्ने बताएका छन् । 

    राजनीतिशास्त्री समाजद्वारा काठमाडौंको पीके क्याम्पसमा बुधबार आयोजित ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलीय गठबन्धनको औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचनमुखि गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने बताएका हुन् । 

    ‘चुनावमुखि गठबन्धनले चुनावमा जिताउनमात्रै काम गर्छ । निर्वाचनमुखि गठबन्धनले देशलाई उपलब्धि दिन सक्दैन,’ नेता पौडेलले भने । 
    जनता र विकासम्बन्धी साझा एजेन्डा निर्माण गर्ने गठबन्धन मुलुकका लागि आवश्यक भएको उनको भनाइ थियो । 

    ‘विचारसँग सामिप्यता भएको समाजवाद प्राप्ति र जनताका साझा एजेन्डा निर्माण गर्ने गठबन्धन आवश्यक छ,’ पौडेले भने । २०७४ को निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिरतका निम्ति भनेर गठबन्धन गरेको भन्दै उनले चुनाव जितिसकेपछि ओली अत्यन्तै अस्थिर बनेको स्मरण पनि गरे ।

    ‘चुनाव जित्नका लागि केपी ओलीले स्थिरताका निम्ति भनेर गठबन्धन गर्नुभयो । चुनाव जितेपछि उहाँजत्ति अस्थिर कोही भएन,’ पौडेलले भने, ‘त्यस्तो गठबन्धन गर्नुहुँदैन । स्थिरताको पक्षमा देखिने गठबन्धन हुनुपर्छ ।’      

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij