Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

हरिद्वार कुम्भबाट फर्किने सबै १४ दिन अनिवार्य क्वारेन्टिनमा 

हरिद्वार कुम्भबाट फर्किने सबै १४ दिन अनिवार्य क्वारेन्टिनमा 

  • 729
    SHARES
  • हरिद्वार कुम्भबाट फर्किने सबै १४ दिन अनिवार्य क्वारेन्टिनमा 

    नयाँ दिल्ली । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण दिल्ली सरकारले शनिबार एक आदेश जारी गर्दै हरिद्वार कुम्भ मेलाबाट फर्किने सबै भक्तजनहरु १४ दिन घरमै अनिवार्य क्वारेन्टिनमा बस्न भनेको छ । नियम तोड्ने व्यक्तिलाई कारबाही गरिने पनि बताइएको छ ।

    आदेशअनुसार ४ देखि १७ अप्रिलबीच कुम्भ मेला गएका सबै व्यक्ति २४ घण्टाभित्र दिल्ली सरकारको वेभसाइटमा आफ्नो नाम, ठेगाना, फोननम्बर, आउनेजाने मिति अपलोड गर्नुपर्ने छ । यसबाहेक अप्रिल १८ देखि अप्रिल ३० बीच कुम्भ मेला जान चाहने सबै व्यक्तिले पहिले नै जानकारी गराउनुपर्नेछ । जसबाट सरकारले ती व्यक्तिको यात्रा ट्रेस गर्ने बताएको छ । 

    जानकारी नगराउने व्यक्तिलाई दुई साता सरकारी क्वारेन्टिन सेन्टर पठाइनेछ । हरिद्वारमा चलिरहेको कुम्भ मेलामा सहभागीमध्ये पछिल्लो पाँँच दिनमा एक हजार सात सयमा कोरोना संक्रमण पुष्टि भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij