Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

फिस्टुला रोगको उपचार निः शुल्क

फिस्टुला रोगको उपचार निः शुल्क

  • 1.0K
    SHARES
  • फिस्टुला रोगको उपचार निः शुल्क

    चितवन । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रसव फिस्टुला रोग पहिचान र उपचार निःशुल्क सुरु गरेको छ । मन्त्रालयले यसका लागि काठमाडौंमा रहेको मोडल अस्पतालसँग सहकार्य गरेको हो ।

    यस रोगको पहिचानसँगै उपचारसम्बन्धी कार्यविधि निर्माण गरी मुख्यमन्त्री कार्यालयमा पेस गरेको छ । बिरामीले निः शुल्क उपचार पाउन थालेका छन् भने कार्यविधिमा कुरूवाका लागि निःशुल्क सेवा दिनका लागि मुख्यमन्त्री कार्यालयमा पेस गरिएको मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले जानकारी दिए । 

    उनका अनुसार प्रसूति हुने समयमा लामो व्यथा लाग्नु वा सामान्य सुत्केरी हुन नसक्ने अवस्थामा बल परेर पिसाब थैली वा मलाशयमा दबाब परेर प्वाल पर्ने हुन्छ । समयमा उपचार भएन भने पिसाब वा दिसा निरन्तर आइरहने समस्या हुनेलाई प्रसव फिस्टुला रोग भन्ने गरिन्छ ।

    यो रोग भएका बिरामीहरूको दुर्गन्ध आउने भएकाले समाजमा लुकेर बस्ने गर्दछन् । लुकेर बसेका बिरामीहरूलाई ल्याएर शून्यमा झार्ने लक्ष्यका साथ प्रदेश सरकारले यो कार्यक्रम सञ्चालनमा ल्याएको विज्ञ रमेश अधिकारीले जानकारी दिए ।

    कार्यक्रम सुरु हुँदै गर्दा मन्त्रालयले यस रोगका बारेमा जानकारी गराउन बुधबार भरतपुरमा एकदिने अभिमुखीकरण कार्यक्रम गरेको छ । जिल्लामा रहेका ७ पालिकामा स्वास्थ्य शाखाप्रमुखहरू एवं प्रतिनिधिसँग गरिएको अभिमुखीकरण कार्यक्रममा मोडल अस्पतालकी प्रसूति रोग विशेषज्ञ डा. रञ्जना श्रेष्ठले रोगका बारेमा जानकारी दिएकी छिन् ।

    रोग लागिसके पछि यसको निराकरण कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले यो रोगको समाधान शल्यक्रियाबाट मात्रै हुन सक्ने बताइन् । अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालय योजना शाखाका दीपक तिवारी, दुर्गा चापागाई लगायतले आफ्नो कुरा राखेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij