वेबटिभी खबर
डडेल्धुरा । गन्यापधुरा गाउँपालिका-१ साउँ खर्कमा पहिरो आउँदा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज बुधबार दिउँसोदेखि अवरुद्ध भएको छ ।
सडक माथिबाट आएको पहिरोका कारण १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको हो ।
सुख्खा पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका सवारी साधनबीच बाटोमै रोकिएका छन् । सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीय पार्वती धामीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij