Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जंगली बँदेलले खेतीबाली नष्ट गर्दा किसान चिन्तित

जंगली बँदेलले खेतीबाली नष्ट गर्दा किसान चिन्तित

  • 458
    SHARES
  • जंगली बँदेलले खेतीबाली नष्ट गर्दा किसान चिन्तित

    महोत्तरी । जंगली बँदेलले खेतीबाली नष्ट गर्दा महोत्तरीको जलेश्वर नगरपालिकाका किसान चिन्तित भएका छन् ।

    नगरपालिका विभिन्न वडामा अचानक देखापरेको बँदेलको समूहले खेतबारीमा लगाइएको मसुरो, आलस, रहर, तोरी , गहुँ, फलफूल र तरकारी बालीलाई क्षति पुर्‍याएपछि स्थानीय किसान चिन्तित भएका हुन् ।

    नगरपालिका-६ मा १५/२० बिघाभन्दा बढीमा लगाइएको गहुँको जरा काटिदिने, बीचबाट बोट काटिदिने गर्नाले अधिकांश गहुँ नष्ट भएको स्थानीय किसान गणेश साहले बताए ।

    त्यस्तै ५०/६० बिघामा लगाइएको मसुरो, आलस, रहर, तोरी र आलु, लौका, फर्सी, बोडी, भिन्डी, टमाटरलगायत विभिन्न किसिमको तरकारी बाली तथा तरबुजा, काँक्रो, केरा लगायतका फलफूलहरू खाइदिने तथा जथाभावी रूपमा खेतबारी खनेर नष्ट गर्नेगरेको स्थानीय किसान रामएकवाल साहले जानकारी दिए ।

    लखेटन जाँदा बँदेल तीव्र गतिमा मानिसतिरै आउनाले किसानलाई त्रसित बनाउने गरेको जलेश्वर नगरपालिका-७का किसान बिरजु महतोको भनाइ छ । यसको नियन्त्रण तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका किसानलाई वन कार्यालयमा जान भनिएको र वन कार्यालयले प्रक्रिया पुरा गर्नुपर्ने सुझाव  दिएको बताइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij