Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रदेशसभाको बैठक स्थगित

प्रदेशसभाको बैठक स्थगित

  • 377
    SHARES
  • प्रदेशसभाको बैठक स्थगित

    जनकपुर । मधेस प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । बैठकमा आवश्यक गणपूरक संख्यामा प्रदेशसभा सदस्य उपस्थित नभएपछि सभामुख सरोजकुमार यादवले बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

    बैठकको सुरूमै प्रतिपक्षी दलका प्रदेशसभाका सदस्यले बैठकका लागि आवश्यक गणपूरक संख्या उपस्थित नरहेकाले बैठक स्थगित गर्न माग गरेका थिए । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य तथा सचेतक परमेश्वर साहले बैठकका लागि चाहिने आवश्यक गणपूरक संख्या उपस्थित नरहेकाले बैठक स्थगित गर्नुपर्ने बताए ।

    आजको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र वाचन गर्ने, प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो ।

    आजको बैठकमा प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले प्रदेश पर्यटन प्रवर्द्धन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रन्जितकुमार यादवले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij