Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पार्किङमा रहेका दुई सवारीमा अज्ञात व्यक्तिद्वारा आगजनी

पार्किङमा रहेका दुई सवारीमा अज्ञात व्यक्तिद्वारा आगजनी

  • 449
    SHARES
  • पार्किङमा रहेका दुई सवारीमा अज्ञात व्यक्तिद्वारा आगजनी

    बेनी । बेनी-दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका-६ डम्मरामा दुई सवारीसाधनमा आगजनी भएको छ । आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिद्वारा आगजनी गरिएको हो ।

    सडकमै पार्किङमा रहेका ध१ज ९८६ नं को भ्यान र ध१ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरूङले जानकारी दिए । उनका अनुसार सवारी साधनमा आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन ।

    बुधबार बेलुका करिब ७ बजे दुबै सवारीसाधन एक आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि दुबैपक्षले एकआपसमा क्षति व्यहोर्ने गरी मिलापत्र गराइएको थियो । दुबै सवारी साधनका धनी स्थानीयवासी भएकाले तिनलाई डम्मरास्थित सडकमै पार्किङ गरिएको सवारीमा आगलागी भएपछि घटना रहस्यमय बनेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij