Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने १५ जना बिचौलीया पक्राउ

यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने १५ जना बिचौलीया पक्राउ

  • 336
    SHARES
  • यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने १५ जना बिचौलीया पक्राउ

    ललितपुर । यातायात कार्यालय एकान्तकुनामा आएका सेवाग्राहीलाई दुःख दिने कार्यमा संलग्न रहेको आरोपमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राई समेत १५ जना छन् । 

    ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृत रुपमा मानिसहरु भेला भई कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा उनीहरुले दुःख दिएको प्रहरीले जनाएको छ । 

    उनीहरुले कार्यालयको काममा समेत बाधा अवरोध पु¥याएको प्रहरीको भनाइ छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij