Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पैदलयात्रीको मृत्यु

पैदलयात्रीको मृत्यु

  • 566
    SHARES
  • पैदलयात्रीको मृत्यु

    काठमाडौं । मोरङको विराटनगर महानगरपालिका-१४ मा गएराती सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकै विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजा रहेका छन् ।

    गम्भीर घाइते भएका देउजाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा शुक्रबार बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हाल नम्बर नखुलेको सवारी साधनले गएराती १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो।

    दुर्घटना लगत्तै सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij