Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

निर्णय नमान्नेहरूले पार्टी छाडे हुन्छ : प्रकाशमान सिंह

निर्णय नमान्नेहरूले पार्टी छाडे हुन्छ : प्रकाशमान सिंह

  • 1.4K
    SHARES
  • निर्णय नमान्नेहरूले पार्टी छाडे हुन्छ : प्रकाशमान सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले गरेको निर्णय नमान्ने नेता तथा कार्यकर्ताहरूले पार्टी छोड्न भनेका छन् । कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै  सिंहले पार्टीले गरेको हरेक निर्णय सबै नेता तथा कार्यकताले मान्नुपर्ने बताए । 

    ‘पार्टीको निर्णय नमान्नेहरूले पार्टी छोडेर गएपनि हुन्छ । कांग्रेसभित्र बसेर पार्टीलाई नै कमजाेर बनाउनेहरू पार्टीमा बस्नुभन्दा बाहिरिँदा राम्रो हुन्छ,’ नेता सिंहले भने । ‘स्थानीय निर्वाचनमा कांग्रेसका नेता तथा कार्यकर्ता कसले के गर्छन्  त्यसको एक–एक हिसाब पार्टीले राख्छ,’ उनले थपे ।
     
    गठबन्धन जनताले दिएको म्यान्डेट नभएको बताउँदै उनले मुलुकको राजनीतिक परिस्थितिका कारण गठबन्धन गर्नुपरेको बताए । संविधानलाई जोगाउन गठबन्धनलाई कायम राखेर चुनावमा जानुपर्ने बाध्यात्मक अवस्था आएकाले चुनावी तालमेल गर्नुपरेको उनको जिकिर छ । 

    स्थानीय आवश्यकता र औचित्यको आधारमा मात्रै गठबन्धन हुने उनले बताए । सबै जानकारी भएपनि पार्टीभित्रका केही क्रान्तिकारी नेताहरूले चर्चित हुने नाममा गठबन्धनविरूद्ध अनावश्यक भ्रम छरेको उनको आरोप छ ।

    आफ्ना स्वार्थ पूरा नभएपछि पार्टीभित्रको एकथरी समूह नियोजित ढंगले व्यक्तिको चरित्र हत्याको अभियानमा लागेको पनि उनले बताए । कम्युनिस्ट भरपर्दो र विश्वास गर्न लायक पार्टी नभएको पनि उनले बताए । ती पार्टीहरूले मुलुकमा भ्रम छरेर जनतालाई अलमल्याउने काम गरिरहेको उनको आरोप छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij