Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

एन्फा केन्द्रीय समस्य पेमाद्वारा अक्षयकोषको स्थापना

एन्फा केन्द्रीय समस्य पेमाद्वारा अक्षयकोषको स्थापना

  • 397
    SHARES
  • एन्फा केन्द्रीय समस्य पेमाद्वारा अक्षयकोषको स्थापना

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय सदस्य तथा पूर्वखेलाडी पेमा डोल्मा लामाले महिला फुटबल खेलाडीहरूको सम्मानका लागि अक्षय कोषको स्थापना गरेकी छन् ।

    एन्फा महिला समितिकी सदस्य एवं महिला फुटबल संघकी महासचिवसमेत रेहेकी पेम्बाले आफूले विभिन्न प्रतियोगिताका दौरान प्राप्त भत्ता तथा अन्य रकममा थप गरी तीन लाख बराबरको अक्षय कोष स्थापना गरेकी हुन् ।

    उनले यो रकमबाट वार्षिक रूपमा ब्याजबापत प्राप्त रकम हरेक वर्ष महिला दिवस (मार्च ८) का दिन एकजना पुराना वा नयाँ महिला खेलाडीहरुलाई पुरस्कृत गर्ने जनाएकी छन् । यसका लागि उनले एक छनोट समिति निर्माण गर्ने र उक्त समितिको सिफारिसमा पुरस्कृत गर्नेसमेत जनाएकी छन् ।

    यसरी सम्मान गर्नुको मुख्य उद्देश्य पुराना महिला खेलाडीहरूले फुटबल विकासमा पुर्‍याएको योगदानको कदर र नयाँ खेलाडीहरूलाई फुटबल खेलप्रति हौसला प्रदान गर्दै प्रोत्साहित गर्नु रहेको उनको भनाइ छ ।

    लामाले आउँदा दिनमा यस अक्षय कोषमा रकम थप गर्दै जानेसमेत जानकारी गराइन् । दुई दशकदेखि फुटबलमा सक्रिय उनी सहायक रेफ्री र रेफ्री इन्स्ट्रक्टरसमेत रहिसकेकी छन् ।

  • सम्बन्धित विषय:

  • # एन्फा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij