Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन 

तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन 

  • 488
    SHARES
  • तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन 

    काठमाडौं । काठमाडौं उपत्यकाका इन्धन भर्ने पम्पहरूमा सर्वसाधारणको चाप एक्कासि बढेको छ । घण्टौं लाइनमा बसेर तेल हाल्न बाध्य भएका छन् । इन्धन अभाव हुने र मूल्य बढ्ने आशंकाले यसरी तेल हाल्नको लाइन बढेको हो ।

    इन्धन ढुवानी गर्ने व्यवसायीहरूले विभिन्न माग राखेर डिपोबाट तेल नउठाएको समाचार सार्वजनिक भएपछि तेल अभाव हुने आशंकाले एक्कासि लाइन बढेको हो । ढुवानीकर्ताले भाडा समायोजनको माग गरेको जनाइएको छ ।

    नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले पहिले/पहिले ग्यास अभाव हुने भयो भन्ने हल्लामा एकै जनाले चार/पाँचवटा सिलिन्डर जम्मा गरेजस्तै देखिन लागेको उल्लेख गर्दै चाप बढेकाले शान्ति र सुरक्षालाई ध्यानमा राखेर पम्पहरूमा प्रहरी टोली खटाउनु परेको जानकारी दिए ।

    अहिले आवश्यताभन्दा बढी तेल भर्न सर्वसाधारण लाइनमा बसेका छन् । कतिपय त ग्यालिन बोकेर पम्पमा आएका देखिए । दैनिक रूपमा हुने चापभन्दा बढी चाप परेकाले ठूलो लाइन लागेको पम्प सञ्चालकको भनाइ छ ।

    नेपाली प्रहरीको नक्साल, नेपाली सेनाको भद्रकाली, सशस्त्र प्रहरीको हलचोकको पम्पलगायत उपत्यकाका सबैजसोमा तेल लिन सर्वसाधारणको ठूलो भिड छ । शनिबार बन्द हुने पम्पमा समेत आज लामो लाइन छ ।

    शुक्रबारदेखि नै यो समस्या देखिएको प्रहरीले जनाएको छ । कतिपय पम्पहरूले तेल छैन भनेर ब्यानर नै झुन्ड्याउन थालिसकेका छन् । शुक्रबार मात्रै इन्डियन आयल कर्पोरेशनले पनि इन्धनको मूल्य समायोजनसहितको सूची पठाएको थियो ।

    आयल निगमका अनुसार ग्यास प्रतिसिलिन्डर २७३ ले र मट्टितेल प्रतिलिटर २२ ले बढेको छ भने पेट्रोल प्रतिलिटर १.४८ ले घटेको छ ।

  • सम्बन्धित विषय:

  • # इन्धन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij