Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मोटरसाइकल चोर्ने तीनजना प्रहरीकाे नियन्त्रणमा

मोटरसाइकल चोर्ने तीनजना प्रहरीकाे नियन्त्रणमा

  • 628
    SHARES
  • मोटरसाइकल चोर्ने तीनजना प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं । काठमाडौ तारकेश्‍वर नगरपालिका वडा नम्बर-६ पैयुटारस्थित घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीनजनालाई मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

    पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर-४ घर भई हाल तारकेश्‍वर नगरपालिका वडा नम्बर-९ बस्ने वर्ष २० को नमराज अधिकारी र वर्ष २२ को रामचन्द्र अधिकारी तथा नुवाकोट तादी गाउँपालिका वडा नम्बर-३ घर भई हाल तारकेश्‍वर नगरपालिका वडा नम्बर-९ बस्ने वर्ष १९ को रामचन्द्र थापा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

    तारकेश्वर नगरपालिका-१० नम्बर वडा कार्यालय शुभकामना चोकस्थित सडकखण्डमा वास्तविक नम्वरप्लेटका साथै स्वरूपसमेत परिवर्तन गरी बा ८८ प ६७१६ नम्बरप्लेट प्रयोग गरेर चलाई हिँडेको अवस्थामा उनीहरूलाई सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले पक्राउ गरेको भट्टराईले जानकारी दिए । 

    उक्त मोटरसाइकलको वास्तविक नम्बर बा ९५ प ३३३५ नम्बरको २२० सीसीको कालो-रातो रंगको पल्सर मोटरसाइकल रहेको खुल्न आएको छ । उक्त पक्राउ भएका मोटरसाइकल यही चैत २७ गते तारकेश्‍वर नपा-६ पैयुटारबाट हराएको भनी नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर-४ घर भएका राजु तामाङले महाशाखामा दिएको हुलिया निवेदनका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दामा अनुसन्धान कारबाहिका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको महाशाखाले जनाएको छ ।

    पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवम् निगरानी राखी विशेष कारबाही अभियान महाशाखाले चलाएको छ ।

    यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजतलास गरी सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ५० जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तहरुमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij