Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

चिनियाँ सिनोभ्याक खोप ८० प्रतिशत प्रभावकारी रहेको चिलीको भनाइ

चिनियाँ सिनोभ्याक खोप ८० प्रतिशत प्रभावकारी रहेको चिलीको भनाइ

  • 749
    SHARES
  • चिनियाँ सिनोभ्याक खोप ८० प्रतिशत प्रभावकारी रहेको चिलीको भनाइ

    सान्टियागो । चीनको सिनोभ्याक बायोटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपले कोरोना भाइरसबाट हुने मृत्युलाई रोक्न ८० प्रतिशत प्रभावकारी देखिएको चिली सरकारले जनाएको छ । 

    सिनोभ्याक खोप कोभिडका लक्षणयुक्त संक्रमण रोक्न ६७ प्रतिशत प्रभावकारी रहेको, अस्पताल भर्ना रोक्न ८५ प्रतिशत सफल देखिएको तथा कोभिडका बिरामीलाई सघन उपचार कक्षमा भर्ना हुनबाट रोक्न ८९ प्रतिशत सफल रहेको शुक्रबार सार्वजनिक गरिएको अध्ययनले देखाएको छ । 

    चिलीमा सिनोभ्याक खोपको नमूना परीक्षणलाई सफल तुल्याउने चिलीका उप व्यापार मन्त्री रोड्रिगो यानेजले सञ्चारकर्मीसँग कुरा गर्दै चिली सरकारले सिनोभ्याकसँग गरेको सम्झौता उपयुक्त रहेको प्रमाणित भएको छ भने ।

    दक्षिण अमेरिकी मुलुक चिलीमा हालसम्म करिब ११ लाख ३१ हजार मानिस कोभिड–१९ बाट संक्रमित भएका छन् भने २५ हजार दुई सय ७७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्री एनरिक पेरिसले नियमित पत्रकार सम्मेलनमा अघिल्लो साता कोभिडका बिरामीको संख्यामा ५ प्रतिशतले कमी आएको जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij