Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

खानेपानी योजना पुगेपछि कुवाको पानी खाने समस्या हट्यो

खानेपानी योजना पुगेपछि कुवाको पानी खाने समस्या हट्यो

  • 717
    SHARES
  • खानेपानी  योजना पुगेपछि कुवाको पानी खाने समस्या हट्यो

    तनहुँ । तनहुँको बन्दीपुर-२ सिमलटारस्थित खानेपानी योजना चार वर्षपछि सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दाले कुवाको पानी खानुपर्ने बाध्यता हटेको हो ।

    संघीय सरकारको १ करोड ५० लाख ७० हजारको लागतमा योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोजन बानियाँले जानकारी दिए । योजनाबाट २२५ परिवार लाभान्वित भएका छन् ।

    सोही वडाको गिदारीबाट लिफ्ट गरी करिब एक किलोमिटर दूरीबाट पानी ल्याइएको हो । योजनाबाट सिमलटार, चामुण्डा, धारापानी र थुम्कीका बासिन्दा लाभान्वित भएका छन् । कोरोना संक्रमणका कारण निर्धारित समयभन्दा ढिला योजना सम्पन्न भएको बानियाँले बताए ।

    घर-घरमा पानी उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन् । समितिका सचिव रत्नबहादुर कार्कीका अनुसार यसअघि टाढाबाट पानी बोक्नुपर्ने बाध्यता हटेको छ । गाउँमा ८५ धाराबाट पानी वितरण गरिएको छ ।

    ‘पानी लिन कुवा धाउनु पर्ने समस्याको अन्त्य भएको छ’, स्थानीय शेरबहादुर नेपालीले भने । पानी पुगेपछि तरकारी र फलफूल खेती गर्न सहज भएको छ । उक्त योजनाको आइतबार एक कार्यक्रमबीच नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले उद्घाटन गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # खानेपानी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij