Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

  • 530
    SHARES
  • श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

    कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् ।

    बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भाइरहेका बेला गर्भनर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन् ।

    यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए । श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ ।

    खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाकोसमेत अभाव हुन थालेको छ ।  देशमा दैनिक १२ घन्टासम्म लोडसेडिङ हुने गरेको छ ।

    आर्थिक संकटको विरोधमा सर्वसाधारण नागरिक सडकमा उत्रिएपछि कर्फ्यू लगाइएको छ । 

  • सम्बन्धित विषय:

  • # गभर्नर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij