Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

गठबन्धन सरकार बचाउन पनि हो : गृहमन्त्री खाण

गठबन्धन सरकार बचाउन पनि हो : गृहमन्त्री खाण

  • 710
    SHARES
  • गठबन्धन सरकार बचाउन पनि हो : गृहमन्त्री खाण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचनमा हुन लागेको गठबन्धन वर्तमान सरकार बचाउनका लागि भएको बताएका छन् ।

    तनहुँ महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाणले धेरैले गृहमन्त्री गठबन्धनमुखी भएको आरोप लगाउने गरेको बताए । उनले भने,‘नढाटिकन भन्दा सरकार बचाउन पनि हामीले चुनावी गठबन्धन गरेको हौँ ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको सरकारको प्रतिरक्षा गर्ने सबैको दायित्व भएको पनि उनले बताए । उनले भने,‘गठबन्धन र सरकार बचोस् भन्ने चाहना छ हाम्रो,त्यो पारदर्शी कुरा हो । तर, गठबन्धनको उपलब्धी सरकार मात्र‍ हैन । मुलुकको दीर्घशान्ति पनि हो ।’

    उनले उद्योगी व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको पनि बताए । उद्योगी व्यवसायीको संरक्षण गर्नु राज्यको दायित्व भएकाले सरकार संवेदनशील भएको गृहमन्त्री खाणको दाबी छ । रोजगारीको वृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगपति र व्यवसायी  गतिशिल बन्नुपर्ने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij