Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

प्रेस युनियनको महाधिवेशन तोकिएको समयमा नै गराउन मकवानपुर शाखाको माग

प्रेस युनियनको महाधिवेशन तोकिएको समयमा नै गराउन मकवानपुर शाखाको माग

  • चैत्र २२, २०७८ मंगलवार २३:१६ बजे
  • 500
    SHARES
  • प्रेस युनियनको महाधिवेशन तोकिएको समयमा नै गराउन मकवानपुर शाखाको माग

    मकवानपुर । आउँदो जेठ १३ र १४ गते हेटौंडामा हुने भनिएको नेपाल प्रेस युनियनको महाधिवेशनको तयारीका विषयमा छलफल भएको छ । प्रेस युनियनको महाधिवेशनका विषयमा केन्द्रीय प्रतिनिधि र प्रेस युनियन हेटौंडा शाखाबीच छलफल भएको हो ।

    महाधिवेशन तयारीका विषयमा जानकारी लिन युनियनका पूर्व महासचिव शिव लम्साल सहितको टोली हेटौंडा गएको थियो । छलफलका क्रममा प्रेस युनियन हेटौंडाले महाधिवेशन तयारीका लागि केन्द्रबाट कुनै पनि निर्देशन नआएको गुनासो गरेको छ ।

    युनियनका मकवानपुर जिल्ला अध्यक्ष पोष्टकुमार अधिकारीले महाधिवेशनको तयारीका लागि केन्द्रबाट कुनै जानकारी नआएको बताए।  हेटौंडामा महाधिवेशन गर्ने निर्णय भएको मात्र आफूहरुले सुनेको भन्दै तयारीका लागि कुनै पत्र वा मौखिक जानकारी अहिलेसम्म नआएको उनले जानकारी दिए।  

    तीन कार्यकालसम्म महाधिवेशन गर्न नसकेको प्रेस युनियनको वर्तमान कार्यसमितिले मिति र स्थानको घोषणा गरेर, तयारीका लागि कुनै जानकारी नगराउँदा फेरी पनि महाधिवेशन नहुने होकि भन्ने आशंका उत्पन्न भएको छलफलमा सहभागिले बताएका थिए । महाधिवेशन हुन्छ भन्ने सुनिश्चित गर्नका लागि तत्काल केन्द्रीय समितिको बैठक बसेर मकवानपुर शाखालाई तयारीका लागि पत्राचार गर्नुपर्ने उनीहरुको माग छ । 

    जिल्ला शाखा र केन्द्रीय प्रतिनिधिको छलफलपछि समयमा नै महाधिवेशन गराउन माग गर्दै टोलीले कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँसँग पनि भेट गरेका थिए । भेटका क्रममा सभापति बानियाँले निर्धारित समयमा नै युनियनको महाधिवेशन गराउन आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए। 


    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij