Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

श्रीलंकामा संकटकाल हट्यो

श्रीलंकामा संकटकाल हट्यो

  • 563
    SHARES
  • श्रीलंकामा संकटकाल हट्यो

    कोलम्बो । श्रीलंकामा लागू गरिएको संकटकाल हटाइएको छ । देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलकाबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल खारेज भएको घोषणा गरेका हुन् । गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाएका छन् । 

    नवनियुक्त अर्थमन्त्री अली साब्रेले मंगलबार राजीनामा दिएका थिए । अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्ट उनले राजीनामा दिएका थिए । त्यसअघि मन्त्रिपरिषद्का  सबै सदस्यहरूले सामूहिक राजीनमा दिएका थिए । टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ । आर्थिक संकटसँगै देशमा राजनीतिक संकट पनि चुलिएको छ ।

  • सम्बन्धित विषय:

  • # संकटकाल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij