Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पाँचदलीय गठबन्धन कुहिएको छ : अध्यक्ष ओली

पाँचदलीय गठबन्धन कुहिएको छ : अध्यक्ष ओली

  • 844
    SHARES
  • पाँचदलीय गठबन्धन कुहिएको छ : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँडै टुट्ने उनको दाबी छ ।

    उनले भने,‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो ।, कुहिएको फल छुट्न थालेसँगै गठबन्धन छुट्न थाल्छ ।’ भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

    निर्वाचनमा संयुक्त उम्मेदवारी दिने बेलामा गठबन्धन टुट्ने उनको भनाइ छ । ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गरे । चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने उनले बताए ।

    स्थानीय निर्वाचन आउन लागेको र सबै घोषणापत्र लिएर आउने भन्दै उनले अरुको घोषणापत्र हावाको हुने बताए। मेरो टेम्पो उड्यो भने म तपाईलाई जापान उडाइदिन्छु भन्ने प्रकारको अरुको घोषणापत्र उनको उनको भनाइ छ । उनले भने, न ट्याम्पो उड्छ न त जापान नै जान पाइन्छ ।’

    एमालेको घोषणापत्र जनतासँग मिलेर गर्नसक्ने कुराहरू राखेर मात्र बनाइने उनले दाबी गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij