Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बायर्न भिल्लारियलसँग पराजित

बायर्न भिल्लारियलसँग पराजित

  • 484
    SHARES
  • बायर्न भिल्लारियलसँग पराजित

    काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १-० अन्तरले पराजित गरेको छ । 

    बुधबार राति भएको खेलमा स्पेनिस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे । उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे । 

    जर्मन बुन्डेस लिगा लिडर बायर्न भने सन् २०१७ यता पहिलो पटक अवे खेलमा हार बेहोर्न बाध्य भयो ।

    खेलमा बायर्नका प्रभावशाली फरवार्ड रोबर्टो लेवान्डोस्की चल्न नसक्दा बायर्न गोल बिहिन रह्यो । लेवान्डोस्कीले यस सिजन क्लब र देशका लागि ५१ गोल गरिसकेका छन् । 

    अब दोस्रो लेगमा बायर्नले घरेलु मैदानमा अप्रिल १३ मा  भिल्लारियललाई आतिथ्य गर्नेछ     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij