वेबटिभी खबर
एजेन्सी । महिनावारी हुँदा महिलालाई दुई प्रकारको पीडा हुन्छ । पहिलो पेटको तल्लो भागमा हुने दुखाइ र दोस्रो अलि गहिरो दुखाइ हुन्छ । यो पीडा महिनावारी सुरु हुनुभन्दा एक साता अघि बढ्छ र कहिलेकाहीँ यसका कारण कब्जियत र ग्यासको समस्या पनि हुन्छ ।
सामान्यतया किशोरी र युवतीहरूमा महिनावारी भएको सुरुवाती चरणमा बढी पीडा हुने सम्भावना हुन्छ । पाठेघरको संकुचन र पाठेघरमा रगतको कमी हुँदा पनि दुखाइ हुन सक्छ । मुख्यतया पेटको दुखाइ तल्लो ढाडमा हुन्छ । तर दुखाइ तल सर्न र जांघको पछाडि पनि जान सक्छ ।
यसरी पेट दुख्दा रिस उठ्ने हुनसक्छ । यो एक प्राकृतिक अवस्था हो र छोटो अवधिको मासिक असुविधा हो ।
त्यसपछि पनि महिनावारी हुँदा पेट दुख्ने भइरहन सक्छ । तर, महिनावारीको बेलामा मात्र यस्तो हुन्छ । १८ वर्ष नाघेपछि पनि महिनावारीका बेला धेरै पीडा हुन्छ भने स्त्री रोग विशेषज्ञसँग परीक्षण गराउनु पर्छ ।
महिनावारीको दुखाइबाट छुटकारा पाउन पेन किलर औषधी खाने चलन बढ्दै गएको छ । पेन किलर खानुभन्दा केही घरेलु उपाय अपनाउँदा पनि दुखाइबाट छुटकारा पाउने सम्भावना हुन्छ । आउनहोस् यी उपायबारे जानौं :
ज्वानो
महिनावारीको समयमा महिलामा ग्यासको समस्या बढी हुन्छ । ग्यासको समस्याले पनि पेट दुख्ने गर्छ । ग्यास भगाउन ज्वानोको सेवन प्रभावकारी हुन्छ । थोरै ज्वानोमा वीरे नुन मिसाएर तातो पानीसँग खाँदा ग्यासको समस्या समाधान हुन्छ ।
अदुवा
महिनावारीको समयमा हुने दुखाइ कम गर्न अदुवाको प्रयोग निकै फाइदाजनक हुन्छ । अदुवाको टुक्रालाई एक कप पानीमा उमालेर पिउँदा त्यसले लाभ गर्छ ।
मेवा
महिनावारीको समयमा मेवा खाँदा पाचन क्रियामा सुधार हुन्छ । महिनावारीको समयमा मेवा खाँदा दुखाइमा पनि आराम मिल्छ । जसका कारण रगतको प्रवाह पनि राम्रो रहन्छ ।
तुलसी पत्ता
तुलसी एक प्राकृतिक दुखाइ निवारक र एन्टिबायोटिक हो । महिनावारीको समयमा धेरै दुखाइ हुन्छ भने चियामा तुलसीको पात हालेर पिउँदा राहत हुन्छ ।
दुग्ध पदार्थ
क्याल्सियमको कमीले पनि महिनावारी हुँदा दुख्ने हुन्छ । त्यस्तो अवस्थामा दुग्धजन्य पदार्ध खाँदा क्याल्सियमको पूर्ति भएर दुखाइ कम हुनसक्छ ।
तातो पानी
महिनावारीको समयमा पेट र कम्मरमा कडा दुखाइ हुन्छ । तातो पानी निरन्तर पिउँदा पनि यस्तो दुखाइबाट छुटकारा पाउन सकिन्छ ।
त्यसबाहेक ढाड र पेटमा हल्का तेल मालिस, पर्याप्त आराम पनि जरुरी हुन्छ । धुम्रपानले अक्सिजनको मात्रा घटाएर महिनावारीका बेला दुखाइ झन् बढाउँछ । त्यसले गर्दा धुम्रपान गर्ने आदत भए त्यसलाई तत्कालै छाड्नुपर्छ ।
साथै उच्च फाइबरयुक्त खाना, सलाद र तरकारीहरू पर्याप्त खाँदा राहत हुन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij