Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

चौबाटार सिँचाइ योजना निर्माण,२२० घरधुरी लाभान्वित

चौबाटार सिँचाइ योजना निर्माण,२२० घरधुरी लाभान्वित

  • 496
    SHARES
  • चौबाटार सिँचाइ योजना निर्माण,२२० घरधुरी लाभान्वित

    अर्घाखाँची । अर्घाखाँचीको गौरवको योजनाका रूपमा रहेको चौबाटार सिँचाइ योजना निर्माण गरिएको छ । छत्रदेव गाउँपालिका वडा नं-६ ठूलापोखरामा रहेको उक्त योजना सम्पन्न भएको हो ।

    लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बीरबहादुर रानाले उक्त आयोजना उद्घाटन गर्दै सबै कृषकलाई व्यवसायिकरूपले कृषिमा लाग्न आग्रह गरेको थिए । उक्त योजनाबाट २२० घरधुरीका १ हजार ४५० जना प्रत्येक्ष लाभान्वित भएका छन् ।

    ८ करोड ३९ लाखको लागतमा निर्माण गरिएको आयोजना जरेखोला मिलमिलेबाट सेरीखोलासम्म ८ हजार २०० मिटर लामो रहेको सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इञ्जिनीयर विष्णु भण्डारीले बताए ।

    २०४३ देखि नै योजनामा पारेर कुलो निर्माण गर्न स्थानीय अग्रसर भए पनि त्यो सपना ३६ वर्षपछि पूरा भएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा जनतासँग आफूले गरेको चुनाबी प्रतिबद्धताअनुसार चौबाटार सिँचाइ योजनाको काम सम्पन्न भएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । 

    उनले सुरुमा चौबाटारमा सिँचाइको व्यवस्था गर्छु भनेर स्थानीय अगुवाले धेरैले चुनावी नारा बनाए र तपाईंले पनि त्यही गर्ने त होला भनेकामा आफूले पहल गरेर काम सम्पन्न गरेको जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij