Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

वैशाखमा मेलम्चीको पानी काठमाडौंका धारामा 

वैशाखमा मेलम्चीको पानी काठमाडौंका धारामा 

  • 328
    SHARES
  • वैशाखमा मेलम्चीको पानी काठमाडौंका धारामा 

    काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँदो वैशाखसम्ममा काठमाडौंको धारामा मेलम्चीको पानी पुग्ने बताएका छन् । मेलम्ची नदीको पानी पुनः पथान्तरण गरी उद्घाटन गर्दै उनले यस्तो भनेका हुन् ।

    मन्त्री चौधरीले १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरेका थिए । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो ।

    सरकारले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुर्‍याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौंमा उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ ।

    गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्न थालिएको थियो । दोस्रो चरणअन्तर्गत गत वैशाखमा १७ करोड लिटर पानी काठमाडौंमा वितरण थालिएको हाे ।

    परीक्षणका लागि गत असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यही दिन मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरूध बनेको थियो ।सुरूङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij