Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पाँचथरमा एनसेल टावरछेउ भेटिएको सकेट बम सेनाद्वारा निष्क्रिय 

पाँचथरमा एनसेल टावरछेउ भेटिएको सकेट बम सेनाद्वारा निष्क्रिय 

  • 836
    SHARES
  • पाँचथरमा एनसेल टावरछेउ भेटिएको सकेट बम सेनाद्वारा निष्क्रिय 

    पाँचथर । पाँचथरको सप्तमी बजारस्थित एनसेल टावरछेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

    मिक्लाजुङ गाउँपालिका-२ स्थित एनसेलको टावरछेउमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले बुधबार निष्क्रिय पारेको हो । बमसँगै ‘नेपाल कम्युनिष्ट पार्टी (विद्रोही समूह) लेखिएको पर्चासमेत सेनाले फेला पारेको छ । 

    पर्चामा प्रधानमन्त्रीविरुद्धको नाराको साथै अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता खारेज गर्न तथा युवालाई स्वदेशमै रोजगारीको व्यवस्था मिलाउन भनिएको छ । 

    मंगलबार साँझ हरियो झोलाभित्र शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई सुचना दिएका थिए ।

    फाइल तस्बिर

  • सम्बन्धित विषय:

  • # सेना
  • # बम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij