वेबटिभी खबर
काठमाडौं । महोत्तरीका धेरै पालिकाहरूमा युवाहरूले जनप्रतिनिधि बन्न आकांक्षा देखाएका छन । ३५ वर्षभन्दा मुनिका युवाहरूको जनप्रतिनिधि वन्न देखिएको दौडधुपले महोत्तरीमा रौनक देखिएको छ । बर्दिबास नगरपालिकाका वडा-१ का अध्यक्षका आकांक्षी निरज अधिकारी र सौरभ खडका यसपालिको सत्ता सञ्चालन युवाहरूले गर्नुपर्ने बताउँछन् ।
पाटीभित्र अग्रज धेरै भएपनि युवाहरूले सकारात्मक सोच र समृद्धिका लागि नवीन योजना बनाउन सक्ने उनीहरूको भनाइ छ । पार्टीले युवाहरूलाई अग्रसर बनाएर नयाँ राजनैतिक धारको विकास र आधारहरू तयार गरेर रोजगारी सिर्जना गर्ने उनीहरूको भनाइ छ ।
त्यस्तै बर्दिबास नगरपालिकाकाे वडा नम्बर ३,१० र ११ मा पनि युवाहरूले वडा अध्यक्षका लागि दाबी गरेका छन् । वडा नम्बर ३ का गणेश बस्नेत, पुर्ण वहादुर र नर वहादुर खनाललगायतले इच्छा देखाएका छन । अकांक्षीहरूमध्ये छोटो समयमा नै राजनीतिक भूमिकाबाट छुट्टै छाप छोड्न सफल युवा नेता गणेश बस्नेतको चर्चा छ ।
स्थानीयले पार्टीभन्दा पनि ब्यक्तिको क्षमता र सोचलाई हेरेर आफ्नो मत प्रयोग गर्ने बताइरहेका वेला युवा सहभागीतालाई महत्वपूर्ण ढंगले हेरिएको छ । त्यस्तै अन्य वडाका युवाहरूले पनि अकांक्षा देखाएका छन् । पार्टीले युवा सहभागीतालाई जोड दिने बताइरहेको बेला युवाहरूको आकर्षणले सकारात्मक सन्देश प्रवाह भइरहेकाे स्थानीय बताउँछन् ।
राजनैतिक संस्कारलाई परिवर्तन गर्न पनि युवाहरूले नेतृत्व लिनुपर्ने बर्दिबास-१ का सुदर्शन काफ्लेले बताए । यसैबीच नेपाली कांग्रेसले जिल्लाको उत्तरी क्षेत्र बर्दिबास नगरपालिकामा केही वडाहरूमा उम्मेदवार टुंगो लगाएता पनि अन्य पालिकाहरूमा अझै टुंगाे लागेकाे छैन ।
नेपाली कांग्रेसका नेता चिरिन्जिवी हमालका अनुसार शनिबार बेलुकासम्म उम्मेदवार टुंगो लगाएर सिफारिस भएका नामहरू जिल्लामा बुझाउने कार्यक्रम छ । यता नेकपा एमाले भने अझै अलमलमा छ । आकाक्षीहरूको संख्या अत्याधिक भएको कारणले उम्मेदवार टुंगो लगाउन नसकिएको नेकपा एमाले महोत्तरीका सचिव सिताराम झाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij