Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव

रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव

  • 407
    SHARES
  • रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव

    चितवन । स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि चितवन जिल्लामा रगतको अभाव देखिन थालेको छ । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आवश्यकता अनुसार रगत अभाव भएको हो ।

    राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधिमा लागेकाले रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको हो । अहिले मागको ५० प्रतिशत मात्रै रगत उपलब्ध हुने गरेको केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिए ।

    हाल केन्द्रमा दैनिक १५० युनिट रगत माग भएकोमा ७० देखि ७५ युनिट मात्रै उपलब्ध गराउन सकिएको उनले बताए । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र तीनका भ्रातृ संस्था निर्वाचन केन्द्रित कार्यक्रममा लागेपछि रगतको अभाव भएको उनको भनाइ छ ।

    प्रमुख पौडेलले भने, ‘सबैको ध्यान निर्वाचनमा केन्द्रित हुँदा रक्तदानमा ध्यान पुग्न सकेको छैन ।’ टोलटोलमा राजनीतिक कार्यक्रम भइरहेका छन् तर रक्तदान कार्यक्रम हुन नसकेको उनले बताए ।

    अत्यधिक गर्मी, रक्तदाता बिरामी हुनु, क्याम्पसमा परीक्षाको समय हुनुलगायत कारणले पनि रक्तदान कार्यक्रम हुन नसकेको प्रमुख पौडेलले बताए । नेपालको मध्येभागमा रहेको यस केन्द्रले चितवनसहित, नवलपरासी, परासी, धादिङ, गोरखा, मकवानपुर, बारा, पर्सा रौतहट, सर्लाही, लमजुङ लगायत जिल्लाबाट रगत संकलन गर्दै आएको छ ।

    जिल्लामा एक संघीय अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र दुई दर्जनभन्दा बढी साना अस्पतालमा दैनिक हुने शल्यक्रियाका लागि रगत संकलन पर्याप्त हुन नसक्दा माग बढ्दै गएको हो ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij