वेबटिभी खबर
काठमाडौं । एक दशकपछि पुनः इटालियन सिरी ए फुटबलको उपाधि जित्ने अवस्थामा इन्टर मिलान पुगेको छ ।
लिगअन्तर्गत बुधबार राति भएको खेलमा इन्टर मिलान स्पेजियासँग १-१ को बराबरीमा रोकिए पनि १० अंकको अग्रता कायम गर्न सफल भएको छ ।
१२ औँ मिनेटमा डिएगो फारिएसको गोलबाट स्पेजियाले अग्रता लिएको खेलमा इभान पेरिसिकले ३९ औँ मिनेटमा इन्टर मिलानका लागि बराबरी गोल गरे ।
बुधबार राति नै भएको खेलमा युभेन्टसले पार्मालाई ३-१ ले पराजित गरेको छ । एसी मिलान भने सासुओलोसँग २-१ ले नै पराजित भयो ।
शीर्ष स्थानको इन्टर मिलानको ३२ खेलबाट ७६, दोस्रो स्थानको एसी मिलानको ६६ तथा तेस्रो स्थानको युभेन्टसको ६५ अंक भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij