Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कोरोना भाइरस संक्रमणबाट पत्रकारको निधन

कोरोना भाइरस संक्रमणबाट पत्रकारको निधन

  • 1.2K
    SHARES
  • कोरोना भाइरस संक्रमणबाट पत्रकारको निधन

    दाङ । दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

    घोराही उपमहानगरपालिका-१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मंगलबार राति काठमाडौंमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासंघ  दाङमा निर्वाचनमा मतदान गरेका थिए । 

    चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

    गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारी पछिल्लो समयमा  व्यवसायमा पनि संलग्न थिए ।  सांकेतिक तस्बिर । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij