Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

गठबन्धनलाई संयुक्त चुनावी सभा गर्न सकस

गठबन्धनलाई संयुक्त चुनावी सभा गर्न सकस

  • 421
    SHARES
  • गठबन्धनलाई संयुक्त चुनावी सभा गर्न सकस

    काठमाडौं । पाँच दलीय गठबन्धनले मनोनयन दर्ता गर्न ६ दिन बाँकी रहँदा पनि संयुक्त चुनावी सभा गर्न सकेको छैन । गठबन्धनकाे संयुक्त अपिल भने २९ चैत २०७८ मा जारी भएकाे थियो । तर,अहिलेसम्म गठबन्धन दलहरूको संयुक्त चुनावी सभा गर्ने सुरसार भने देखिएकाे छैन् ।

    मतदातालाई प्रभावित पार्न चुनावी सभा अनिवार्य मानिन्छ । ठाउँ-ठाउँमा चुनावी सभा गर्दा मतदाता प्रभावित हुन्छन् । अर्कोतिर चुनावी माहोल सिर्जना हुन्छ । तालमेलको व्यावहारिक निर्णय गर्न बाँकी रहेकाले गठबन्धन दलहरूले संयुक्त चुनावी सभा गर्न नसकेको नेकपा (एकीकृत समाजवादीका) महासचिव डा.बेदुराम भुसालले बताए ।

    उनले तालमेलबारे नीतिगत निर्णय मात्र भएको बताए । व्यावहारिक निर्णयपछि भने संयुक्त चुनावी सभा गरेर जनताकहाँ पुगिने उनको भनाइ छ । १७ चैतमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर जानेगरी सहमति गरेका थिए ।

    लालमेलको प्रक्रिया अघि बढाउन भनेर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठनसमेत भएको छ । समितिको बैठक पटक-पटक बसिसकेको छ । गठबन्धनका शीर्ष नेताहरू पनि चुवानी तालमेल लगायत चुनाव केन्द्रित विषयमा बारम्बार बैठक बसिसकेका छन् ।

    तर, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका,गाउँपालिका र वडा तहमा कसरी जाने भन्ने कुराकाे टुंगाे नलाग्दा मतदाताहरू अन्याेलमा पर्न थालेका छन् । अर्कोतिर, गठबन्धन दलहरूबीच चुनावी तालमेल पेचिलो बन्दै गएको छ । मधेस प्रदेशमा तालमेलको सम्भावना कम हुँदै गएको माओवादी केन्द्रका मधेस इन्चार्ज गणेश साहले बताए ।

    प्रदेश १ मा पनि अवस्था त्यस्तै छ । धनकुटा र उदयपुरबाहेकमा तालमेल हुने सम्भावना कम हुँदै गएको छ । त्यहाँका कांग्रेस महामन्त्री भूपेन्द्र राईले सांगठनिक हैसियतभन्दा बढी स्थानी तहमा गठबन्धनका अन्य दलहरूले दाबी गर्दा समस्या पैदा भएको बताए ।

    बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धन दलहरूबीच तालमेलको विषयलाई लिएर मतभेद चुलिँदो छ । ठाउँ-ठाउँमा गठबन्धन दलहरूबीच नै चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

    कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले तालमेलको प्राविधिक विषयमा सहमति हुन बाँकी छँदा कुनै-कुनै ठाउँमा समस्या देखिएको र गठबन्धन दलहरूले तालमेल टुंग्याएर छिट्टै संयुक्त चुनावी सभा गर्ने बताए ।

    निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ता ११ र १२ वैशाखमा हुने भएको छ । ३० वैशाखमा भने मतदान नै हुने छ । 
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij