Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

विश्वकै धनाढ्य एलन मस्क भन्छन्: मेरो घर छैन, साथीहरूको कोठामा सुत्छु

विश्वकै धनाढ्य एलन मस्क भन्छन्: मेरो घर छैन, साथीहरूको कोठामा सुत्छु

  • 670
    SHARES
  • विश्वकै धनाढ्य एलन मस्क भन्छन्: मेरो घर छैन, साथीहरूको कोठामा सुत्छु

    एजेन्सी, न्युयोर्क । विश्वकै सबैभन्दा धनाढ्य एलन मस्कले अहिले आफ्नो घर नभएको र साथीहरूको खाली कोठामा सुत्ने बताएका छन् । एक पछिल्लो अन्तर्वार्तामा मस्कले यस्तो खुलासा गरेका हुन् । 

    ‘अहिले मेरो एउटा ठाउँ पनि छैन । म ठ्याक्कै साथीहरूको ठाउँमा बसिरहेको छु’, उनको भनाई उदृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ ।

    ‘खाडी क्षेत्रमा यात्रा गर्दा म मूलतः साथीहरूको खाली कोठामा सुत्ने गर्छु’, अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका सीईओसमेत रहेका मस्कले भने । उनले अगाडि थपे, ‘मसँग समुद्री डुंगा याच छैन । म बिदा लिन्न । ’

    विश्वभर सम्पत्तिको असमानता र अर्बपतिहरूले खर्च गर्ने रकमको बारेमा सोधिएका प्रश्नहरूको मस्कले जवाफ दिएका थिए ।‘मलाई लाग्छ कि त्यहाँ स्वयंसिद्ध त्रुटिहरू छन्, जसले त्यो निष्कर्षमा पुर्‍याइरहेको छ । म व्यक्तिगत उपभोगमा वार्षिक अर्बौँ डलर खर्च गर्छु भने यो धेरै समस्याग्रस्त हुनेछ तर त्यस्तो छैन’, मस्कले भने । 

    एक प्रसँगमा मस्कले आफूले विमान प्रयोग नगर्दा काम गर्ने समय थोरै हुने बताए ।
     

  • सम्बन्धित विषय:

  • # एलन मस्क

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij