Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

जग्गा प्राप्तिसँगै खुल्यो नगर अस्पतालको बाटो

जग्गा प्राप्तिसँगै खुल्यो नगर अस्पतालको बाटो

  • 485
    SHARES
  • जग्गा प्राप्तिसँगै खुल्यो नगर अस्पतालको बाटो

    बाग्लुङ । जैमिनी नगरपालिकाले १५ शय्याको नगर अस्पताल बनाउने भएको छ । जैमिनी नगरपालिका-१ को कुश्मीसेरामा उक्त अस्पताल बन्ने भएको हो ।

    एक पालिका एक अस्पताल बनाउने सरकारी निर्णय र पालिकाको आवश्यकतासमेत अस्पताल निर्माण अभियान थालिएको नगरप्रमुख इनद्रराज पौडेलले बताए । हाल कुश्मीसेरामा प्राथमिक स्वास्थ्य केन्द्र छ ।

    उक्त केन्द्रमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, नगर अस्पतालमा पनि डाक्टरको व्यवस्था गर्ने पौडेलले बताए । प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाका अनुसार नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बढाउन नगर अस्पतालको अवधारणा आएको उनको भनाइ छ ।

    नगरपालिकाको स्वास्थ्य नीति अनुसार १५ शय्याको अस्पताल बनाउन ६ रोपनी जग्गा व्यवस्थापन गरिसकेको कोइरालाले बताए । वडा नं-१को टारमा ६० लाख लगानी गरेर नगरपालिकाले जग्गाको व्यवस्थापन गरिसकेको छ । जैमिनीमा नगर अस्पताल नहुँदा स्थानीयले सामान्य बिरामी भएपनि सदरमुकाम र पोखरा धाउनुपर्ने बाध्यता छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij