Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बुद्ध खुशी बनाउन आफ्नै बली दिए भिक्षुले 

बुद्ध खुशी बनाउन आफ्नै बली दिए भिक्षुले 

  • 1.1K
    SHARES
  • बुद्ध खुशी बनाउन आफ्नै बली दिए भिक्षुले 

    काठमाडौं । थाइल्यान्डमा एक बौद्ध भिक्षुले तरवारले आफ्नै शिर काटेर महात्मा बुद्धलाई चढाएका छन् । उच्च स्तरको आध्यामित्क व्यक्तिका रुपमा पुनर्जन्म हुने विश्वासमा ती भिक्षुले आफ्नै बली चढाएका हुन् ।

    मृतक भिक्षुको ६८ वर्षीय थम्मकर्न वाङप्रेचा रहेका छन् । स्थानीय व्यक्तिका अनुसार भिक्षु पाँच वर्षभन्दा धेरै समयदेखि जीवन त्यागका विषयमा विचित्र अनुष्ठानको योजना बनाइरहेका थिए । 

    प्रहरीले १५ अप्रिलमा उत्तरपूर्वी थाइल्यान्डको नोंग बुआ लाम्फु प्रान्तको वाट फुन हिन मन्दिरमा भिक्षुको मृत्यु भएको खबर पाएको बताएको छ । मृतक भिक्षुका भतिजाले शव खोज्न सहयोग गरेका थिए । भिक्षुले आफ्नो देहत्याग बारेको सबै योजना एक पत्थरमा लेखेको बताइएको छ । 

    भिक्षुले बुद्धको चरणमा पर्ने गरी मूर्ति अगाडि धारिलो तरबारले आफ्नो शिर काटेका हुन् । बली चढाएको मन्दिरमा उनले ११ वर्षदेखि सेवा गर्दै आइरहेका थिए । प्रहरीले उनको शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij