वेबटिभी खबर
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-१३ फूलबारीमा निर्माण गरिएको टेलिकमको टावर सञ्चालनमा आएको छ ।
फोरजी टावरको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ले फूलबारी दाङको विकट क्षेत्र भएपनि ऐतिहासिक तथा पर्यटकीय हिसाबले उपयुक्त भएको बताए ।
यसअघि त्यहाँ टेलिकमको टावर नहुँदा फोनको समस्या हुँदै आएको थियो । फोनमा कुराकानी गर्न डाँडकाँडा पुग्नु पर्ने समस्या थियो । फूलबारीमा टेलिकमको टावर सञ्चालनमा आएपछि अब भने घरमै बसेर फोन गर्न सकिने स्थानीय अगुवा दीपशिखा घर्तीले बताए ।
फूलबारी तुलसीपुर विकट वडाका रूपमा लिइन्छ । त्यहाँ दुई वर्षअघि टेलि टेलिकमको टावर सञ्चालनमा आएपछि फोन गर्न डाँडकाँडा पुग्नु पर्ने समस्या हट्योकम टावर निर्माण पूरा भएको थियाे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij