वेबटिभी खबर
गोरखा । गोरखा भूकम्प गएको करिब आठ वर्षको अवधिमा यहाँ ६८ विद्यालयमा शौचालय भवन पुनः निर्माण भएका छन् ।
२०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका ६९ शौचायलयमध्ये अब एक शौचायलय मात्र निर्माण सम्पन्न हुन बाँकी रहेको शिक्षा विकास तथा समन्वय एकाइ एवम् साविक राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइ (शिक्षा)का इञ्जिनीयर दीपकराज कँडेलले बताए ।
उनका अनुसार ३६ खानेपानीका धारा पुनःनिर्माण गर्नुपर्नेमध्ये ३५ खानेपानी धारा निर्माण सम्पन्न भएका छन् । एक खानेपानी निर्माणाधीन रहेको र यही वैशाखभित्रमा सम्पन्न हुने इञ्जिनीयर कँडेलको भनाइ छ ।
जिल्लामा विद्यालय भवन, शौचायलय तथा खानेपानी धारा निर्माण आर्थिक वर्ष २०७३/७४ देखि सुरु गरिएको थियो । उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेको थियो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइले उक्त समयदेखि विद्यालय, शौचायलय तथा खानेपानी धारा निर्माणको जिम्मा लिँदै आए पनि गत असोज १ गतेदेखियता शिक्षा विकास तथा समन्वय एकाइले हेर्दै आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij