Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

हेटौंडा र सिन्धुली जोड्ने वाग्मती नदीमा पक्की पुल निर्माण

हेटौंडा र सिन्धुली जोड्ने वाग्मती नदीमा पक्की पुल निर्माण

  • 441
    SHARES
  • हेटौंडा र सिन्धुली जोड्ने वाग्मती नदीमा पक्की पुल निर्माण

    काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौंडा र सिन्धुली जोड्ने सडकखण्डअन्तर्गत वाग्मती नदीमा पक्की पुल निर्माण भएको छ ।

    सिन्धुलीको हरिपुरगढी गाउँपालिका-४ तथा मकवानपुरको वाग्मती गाउँपालिका-४ जोड्ने वाग्मती नदीमा पक्की पुल निर्माण भएको मदन भण्डारी राजमार्ग योजनाको कार्यालय हेटौंडाले जनाएको हो ।

    पुल निर्माण भएपछि त्यस क्षेत्रको आवागमन सहज भएको छ । २०६८ असार २९ गतेदेखि सुरु भएको उक्त पुल ११ वर्षपछि निर्माण भएको र सो पुलबाट सवारी साधन आवागमन सुरु भएको छ । सडकको दायाँबायाँ एप्रोच सडक कालोपत्र र तटबन्ध निर्माणको काम पनि भइरहेको छ ।

    जम्मा ११ वटा स्पान रहेको पुलको लम्बाइ ४०५ मिटर लामो रहेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले बताए । पुल निर्माण सम्पन्न भएपछि प्रदेश राजधानी हेटौँडा जान सिन्धुली, रामेछाप, काभ्रे र दोलखा लगायतका जिल्लालाई सहज भएको छ ।

    पहिले त्यस क्षेत्रमा पुल नहुँदा नदी तरेर जानुपर्ने बाध्यता थियो । तत्कालीन अवस्थामा सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व-पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा  देखिएको उक्त राजमार्गलाई हाल मदनभण्डारी नामकरण गरिएको छ ।

    मदनभण्डारी राजमार्गको पश्चिमतर्फ सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेटौँडा उपमहानगरपालिका-६ चौघडासम्म कूल ११५ किमी सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

    २० करोड ६२ लाखमा निर्माण हुने सो पुल पाँच वर्षमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । तर पुल निर्माणमा आलटाल गरेपछि समयावधि थपगरी २०७५ असोजसम्म बनाइएको थियो । पटकपटकको म्याद थप हुँदा काम नगरेपछि १० प्रतिशतको हर्जना असुल उपर गरी पुल निर्माण सम्पन्न गराइएको उक्त कार्यालयका प्राविधिकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij