Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

ट्विटरका नयाँ मालिक बने एलन मस्क, ४४ अर्ब डलरमा किन्ने सहमति

ट्विटरका नयाँ मालिक बने एलन मस्क, ४४ अर्ब डलरमा किन्ने सहमति

  • 592
    SHARES
  • ट्विटरका नयाँ मालिक बने एलन मस्क, ४४ अर्ब डलरमा किन्ने सहमति

    एजेन्सी । सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक बनेका छन् विश्वकै धनी व्यक्ति एलन मस्क । 

    सामाजिक ट्विटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमत भएको बीबीसीले जनाएको छ । 

    मस्कले दुई साता अगाडि ट्विटरमा 'व्यापक सम्भावना' रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए।

    सम्झौतासँगै मस्कले ट्विटरमा नयाँ सुविधा थप्दै, विश्वास बढाउने र ट्विटरलाई पहिलाको भन्दा राम्रो बनाउन चाहेको बताएका छन् ।

    विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेयरधनी मस्कले अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि नेतृत्व गर्छन् ।

  • सम्बन्धित विषय:

  • # ट्विटर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij