वेबटिभी खबर
काठमाडौं । कपिलवस्तुको कपिलवस्तु नगरपालिका-४ गोपालपुरमा मोटरसाइकलको ठक्करबाट मंगलबार एक जना पैदलयात्री मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानिय ७५ बर्षीय पंचम अहिर रहेका छन् ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान साढे १० बजे तौलिहवाबाट गोपालपुर तर्फ जाँदै गरेको यू.पि ५५ एक्स ९१८० भारतीय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेका अहिरलाई ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij