Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मुम्बईको कोरोना विशेष अस्पतालमा आगलागी, १३ को मृत्यु

मुम्बईको कोरोना विशेष अस्पतालमा आगलागी, १३ को मृत्यु

  • 525
    SHARES
  • मुम्बईको कोरोना विशेष अस्पतालमा आगलागी, १३ को मृत्यु

    काठमाडौं । भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।

    विरारस्थित विजय वल्लभ अस्पतालमा शुक्रबार बिहान भएको आगलागीमा परी १३ जना कोरोना संक्रमितको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    घटनामा १७ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो ।

    यसअघि महाराष्ट्रको नासिकमा बुधबार एक सरकारी अस्पतालमा अक्सिजनको अभावमा २२ जनाको मृत्यु भएको थियो ।

    नासिकको जाकिर हुसेन अस्पतालमा अक्सिजन लिक हुँदा मर्मतका लागि ३० मिनेट अक्सिजन सप्लाई बन्द भएपछि २२ जनाको मृत्यु भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij