Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भारतबाट हुने उडान संख्या घटाउने अष्ट्रेलियाको निर्णय

भारतबाट हुने उडान संख्या घटाउने अष्ट्रेलियाको निर्णय

  • 869
    SHARES
  • भारतबाट हुने उडान संख्या घटाउने अष्ट्रेलियाको निर्णय

    क्यानबरा । अष्ट्रेलियाले भारतमा कोभिड-१९ संक्रमण बढेको भन्दै त्यहाँबाट हुने उडानहरू अस्थायी रूपमा कम गर्ने भएको छ ।

    बिहीबार प्रधानमन्त्री स्कट मोरिसन र राज्य र क्षेत्र नेतासहितको राष्ट्रिय क्याबिनेट बैठकले भारतबाट उडानको मात्रालाई ३० प्रतिशत कम गर्ने निर्णय लिएको हो ।

    भारतजस्ता उच्च जोखिम भएका देशहरूका यात्रीहरूले उडान गर्नुभन्दा ७२ घण्टा पहिले आफूलाई कोभिड-१९ संक्रमण नदेखिएको पुष्टि हुने स्वास्थ्य प्रमाणपत्र देखाएर मात्र अष्ट्रेलिया आउन पाउने व्यवस्था गरेको हो ।

    बैठकपछि प्रधानमन्त्री मोरिसनले पत्रकारसँग भने, ‘हामी जोखिममा रहेका अष्ट्रेलियामा जाने प्रस्थानका विकल्पलाई पनि थप सीमित गर्नेछौं ।’ उनले थपे, ‘सबै प्रावधान कोभिडलाई मध्यनजर गरी राखिएकोले महामारीको प्रभाव कम हुँदासाथ पहिलेको अवस्थामा आउनेछ ।’

    अष्ट्रेलियाको यो निर्णय भारतमा बुधबार र बिहीबारको २४ घण्टाभित्र कोभिड–१९ बाट संक्रमित हुनेको संख्या तीन लाख १४ हजार कटेपछि आएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij