वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा ११ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार ८९१ जनाको परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, यो अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने आज कसैको कोरोनाका कारण निधन नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ सय ५२ सक्रिय संक्रमित रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij