Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

उपत्यकाको फोहोर व्यवस्थापन कार्य पुनः रोकियो

उपत्यकाको फोहोर व्यवस्थापन कार्य पुनः रोकियो

  • 748
    SHARES
  • उपत्यकाको फोहोर व्यवस्थापन कार्य पुनः रोकियो

    काठमाडौं । पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य पुनःरोकिएको छ ।

    पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारद्वारा पटक-पटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकाको नागरिकले भोग्नुपरेको हो । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको हो ।

    हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण विगत ६ दिनदेखि सडकमै फोहोर रोकिएको छ ।

    १८ स्थानीय तहको फोहोर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटक-पटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताइन् ।

    उनका अनुसार २०७० सालदेखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहोर विसर्जनमा अवरोध हुँदै आएको छ ।

    ‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’ राईले भनिन्, ‘त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।’ उक्त स्थान भरिएकाले फोहोर व्यवस्थापनमा थप समस्या हुन थालेको हो ।

    हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापन स्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाउदै आएको छ ।

    गत फागुन र चैत महिनामा मात्रै ३२ दिन फोहोर व्यवस्थापन हुन सकेको थिएन । वर्षाको समय नजिक आइसकेको र यसरी फोहोर व्यवस्थापन हुन नसक्ने हो भने ठूलो समस्या आउने देखिएको छ ।

    हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ ।

    निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिएकोमा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij