Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

खानेपानी र फोहोर व्यवस्थापन प्राथमिकतामा

खानेपानी र फोहोर व्यवस्थापन प्राथमिकतामा

  • 592
    SHARES
  • खानेपानी र फोहोर व्यवस्थापन प्राथमिकतामा

    काभ्रे । काभ्रेको बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवारले बनेपालाई विशेष गरी खानेपानीको समस्या समाधान, फोहोरमैला व्यवस्थापन र डुवानमुक्त सहर बनाउने विषयलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

    यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका पाँच दलीय सत्तागठबन्धनका तर्फबाट शान्ति रत्न शाक्य र नेकपा एमालेका तर्फबाट रत्नकुश रञ्जितकारले खानेपानीको समस्या समाधान, फोहोरमैला व्यवस्थापन र डुवानमुक्त सहर बनाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्वता व्यक्त गरेका हुन् ।

    नगर प्रमुखका उम्मेदवार शाक्यले आफू निर्वाचित भएपछि बनेपालाई व्यवस्थित सहरको रूपमा विकास गर्ने, बजार क्षेत्रको राजमार्ग सफा गर्ने र फोहोरमैलाको उचित व्यवस्थापनको योजना अगाडि सार्ने बताउँदै खानेपानी र डुवानको समस्या समाधान गर्ने प्रतिबद्वता व्यक्त गरे ।

    बनेपालाई पर्यटन र कृषि सहरको रूपमा विकास गर्ने लगायतका विषयलाई समेटेर काम गर्ने बताउँदै उनले यो सहरलाई प्रविधिकयुक्त बनाइने, बनेपाका बाक्लो बस्तीमा निःशुल्क वाइफाइ सेवा पुर्‍याउने, पुरानो सम्पदाको संरक्षण र सडक व्यवस्थापनलाई प्रमुख प्राथमिकता राखेर काम गर्ने उल्लेख गरे ।

    उनले बनेपा नगरकोट पर्यटकीय सडकलाई विशेष प्राथमिकतामा राखिने उल्लेख गर्दै कृषि र पर्यटक क्षेत्रको पूर्वाधार विकासमा आफूले जोड दिइने बताए । त्यस्तै नगरप्रमुख पदका अर्का उम्मेदवार रञ्जीतकारले चार महिनाभित्रमा खानेपानी समस्या समाधान गर्ने र ६ महिनाभित्रमा फोहोरमैला व्यवस्थापनअन्तर्गत घरबाटै फोहोर कम उत्पादन गर्ने खालको नीति ल्याउने प्रतिबद्वता व्यक्त गरे ।

    उनले डुवानमुक्त तथा धुलो, धुवाँ, हिलो र ध्वनी प्रदूषणमुक्त सहर बनाउने उल्लेख गर्दै आर्थिक रूपमा सबल र सक्षम सहरको रूपमा यसलाई विकास गर्ने योजना भएको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij