Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

आईजीपीमा सिंह नियुक्तिको कोइरालाले गरे विरोध

आईजीपीमा सिंह नियुक्तिको कोइरालाले गरे विरोध

  • 638
    SHARES
  • आईजीपीमा सिंह नियुक्तिको कोइरालाले गरे विरोध

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई दिइएको नियुक्तिको विरोध गरेका छन् ।

    वरीयता र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरिएको भन्दै उनले सरकारको निर्णयमाथि विरोध जनाएका हुन् ।

    ‘सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एक पटक विवादमा ल्याएको छ,’ उनले भनेका छन् ।

    नेता डा.कोइराला वरीयतकाे आधारमा एआईजीपी विश्वराज पोखरेलले प्रहरी संगठनको नेतृत्व पाउनुपर्ने पक्षमा थिए ।

    उनले ‘वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने’ सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij