Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सामुदायिक वनमा दुईजना मृतावस्थामा भेटिए

सामुदायिक वनमा दुईजना मृतावस्थामा भेटिए

  • 632
    SHARES
  • सामुदायिक वनमा दुईजना मृतावस्थामा भेटिए

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुईजना मृतावस्था भेटिएका छन् । आइतबार सामुदायिक वनमा उनीहरू मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह मृत फेला परेको बताए ।

    जोशीले दोस्रो विवाह गरेर गत चैतमा बझाङबाट कैलाली आएका जनाइएको छ । प्रहरीका अनुसार उनले अस्मितासँग दोस्रो विवाह गरेका हुन् ।

    अमर र अस्मिता केही दिन घोडाघोडी नगरपालिका-५मा आफ्ना आफन्तको घर बसेको खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij