वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षक पदपूर्तिको लागि सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा सोमबार सार्वजनिक गर्दै कुनै पनि उम्मेदवारले परीक्षा केन्द्र परिवर्तन गरी परीक्षा दिन नपाउने जनाएको छ ।
आयोगले जारी गरेको सूचनामा भनिएको छ, ‘कुनै पनि उम्मेदवारले परीक्षा केन्द्र परिवर्तन गरी परीक्षा दिन पाइने छैन । यदि केन्द्र परिवर्तन गरेमा त्यस्ता उम्मेदवारको परीक्षा स्वतः रद्द हुनेछ ।’
कुनै कारणबस त्रुटि भएको पाइएमा आयोगको अभिलेखबाट सच्याउन सकिने बताएको छ । नतिजा प्रकाशन गर्दा त्रुटिरहित बनाउन अधिकतम प्रयास गरिएको पनि आयोगको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij