वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लिखित परीक्षा (सामान्य) को नजिता पुनर्योग सम्बन्धी सूचना जारी गरेको छ ।
आयोगले प्रकाशित गरेको माध्यमिक तहको नतिजा पुनर्योग गर्न चाहनेहरूका लागि मंगलबार सूचना जारी गरेको हो ।
आयोगको भनाइमा पाँच सय रूपैयाँ राजश्व तिरेको सक्कल रसिद, शैक्षिक योग्यता, तालिम वा अध्यापन अनुमति पत्रको प्रमाण पत्र र प्रवेशपत्रको प्रतिलिपिसहित आयोगको वेबसाइटमा भएको पुनर्योगको टाँचा प्रिन्ट गरी सोहीअनुसार विवरण भरी यहि वैशाख २६ गतेसम्म कार्यालय समयभित्र निवेदज पेश गर्न सकिनेछ ।
शिक्षक सेवा आयोगले म्याद समाप्त भएको मितिले ७ दिनभित्र निवेदकहरूको समष्टिगत विवरण समेत तयार गरी निवेदनसहित आयोगमा पठाउन सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइहरूलाई अनुरोध गरेको छ ।
सूचना
ढाँचा
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij