Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

होटलको कोठामा युवक मृतावस्थामा फेला

होटलको कोठामा युवक मृतावस्थामा फेला

  • 448
    SHARES
  • होटलको कोठामा युवक मृतावस्थामा फेला

    कञ्चनपुर । महेन्द्रनगरस्थित नाइन इलेभन होटलको कोठामा एकजना युवक मृतावस्थामा फेला परेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका-१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डे होटेलको कोठामा मृतावस्थामा फेला परेका हुन् ।

    पाण्डेको मृत्युको कारण खुल्न नसकेको र घटनास्थल सिल गरी अनुसन्धान भइरहेको उपरीक्षक शाहले जानकारी दिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij